Sunday, May 24, 2020

महादेश सम्बन्धी समान्य जानकारी (General Knowledge on Continents)

महादेश


  • जमिनले ओगटेको ठूला-ठूला भूक्षेत्र ।
  • पृथ्वीमा जमिनले ढाकेको भाग - २९.७ प्रतिशत रहेको ।
  • पृथ्वीमा महादेश संख्या - ७ वटा छ (एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका, युरोप, अस्ट्रेलिया)
  • Cartography भन्नाले - The art of Map लाई बुझाउँछ ।

एसिया (Asia)


  • क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो महादेश एसिया हो ।
  • एसिया महादेशको पूर्वमा प्रशान्त महासागर, पश्चिममा युरोप महादेश, उत्तरमा सुमेरु महासागर र दक्षिणमा हिन्द महासागर रहेका छन् ।
  • 'विषमताको महादेश' र 'Home of Man' भनेर एसिया महादेशलाई चिनिन्छ ।
  • एसिया महादेशको सबभन्दा ठूलाे राष्ट्र चीन हो र सबभन्दा सानो राष्ट्र माल्दिभ्स हो ।
  • यसले विश्वको स्थल भागको २९.९२ प्रतिशत भाग ओगटेको छ ।
  • एसिया र युरोपमा फैलिएको घाँसे मैदान 'स्टेप्स' (Steppes) हो ।
  • एसिया र अफ्रिका महादेश बीचमा रहेको सागर लालसागर हो भने एसिया र उत्तर अमेरिकालाई छुट्याउने जलसंयोजक बेरिङ सागर हो ।
  • विश्वको सबैभन्दा ठूलो ताल क्यास्पियन ताल (इरान र रुसको बीचमा पर्दछ) हो ।
  • विश्वको सबैभन्दा गहिरो ताल बैकाल ताल हो ।
  • एसियाको सबैभन्दा लामो दनी यान्जे नदि (चीन) हो ।
  • एसियाको सबैभन्दा लामो हिमनदी सियाचेन हो ।
  • युरोप र एसिया दुवै महादेशमा फैलिएका देशहरु टर्कि र रुस हुन् ।
  • युराल र ककेसस् पर्वतले युरोप र एसिया महादेशलाई जोडेको छ ।
  • विश्वको सबैभन्दा फराकिलो र अग्लो स्थानमा रहेको पठार पामिर पठार (तिब्बत) को उचाइ करिब ५००० मिटर रहेको छ र यसलाई संसारको छानो भनेर पनि चिनिन्छ ।
  • एसिया महादेश भित्र विश्को सबैभन्दा अग्लो स्थानमा रहेको ताल - तिलिचो ताल, विश्वकै सबैभन्दा गहिरो गल्छी - म्याग्दीको दाना भन्ने ठाउँमा कालीगण्डकी नदिले बनाएको गल्छी, विश्वकै सबैभन्दा होचो उपत्यका - अरुण उपत्यका र विश्वकै सर्वोच्च शिखर - सगरमाथा नेपालमा रहेका छन् ।
  • .विश्वको सबैभन्दा होचो भाग - मृतसागर (इजरायल)
  • विश्वको सबैभन्दा बढी पानी पर्ने ठाउँ - भारतको चेरापुञ्जी हो भने सबै भन्दा जाडो हुने ठाउँ रुसको भर्खोयान्स्क हो ।
  • एसिया महादेशमा पर्ने देश श्रीलंकालाई हिन्द महासागरको मोति भनेर चिनिन्छ ।

अफ्रिका (Africa)


  • क्षेत्रफलको हिसाबले दोस्रो ठूलो महादेश ।
  • अफ्रिकाको घाँसे मैदानलाई भेल्ड भनिन्छ ।
  • अफ्रिकाको सबैभन्दा लामो हिमनदी किलिमञ्जरोको हिमनदी हो । सर्वोच्च शिखर किलिमञ्जरो (५,८९५ मिटर) हो ।
  • कालो अर्थात अँध्यारो महादेश भनेर चिनिन्छ । 
  • भौगोलिक आधारमा उच्च समस्थलीको महादेश भनेर समेत चिनिन्छ ।
  • सबैभन्दा बढि भाषिक विविधता भएको र सबै युगको संस्कृतिहरु पाइने महादेश अफ्रिका महादेश हो ।
  • अफ्रिका महादेशको पूर्वमा लालसागर, पश्चिममा आन्ध्र महासागर, उत्तरमा भूमध्यसागर र दक्षिणमा कुमेरु महासागर पर्दछ ।
  • विश्वको सभै भन्दा ठूलो मरुभूमि सहारा मरुभूमि, विश्वको सबै भन्दा लामो नदी नाइल नदी (इजिप्ट) र विश्वको सबैभन्दा ठूलाो हिराखानी किम्वरखान भएको महादेश ।
  • अफ्रिका महादेशको सबैभन्दा ठूलो देश अल्जेरिया हो भने सबैभन्दा सानो देश सेसेल्स हो ।
  • अफ्रिका महादेशको प्रमुख नदीहरु नाइल, कंगो, नाइजर, जाम्वेजी आदि हुन् । नाइल नदिको उद्गम स्थल भिक्टोरिया ताल हो । भिक्टोरिया ताल अफ्रिका महादेशको सबैभन्दा ठूलो ताल हो ।
  • अफ्रिका महादेशलाई भूमध्यरेखाले लगभग बीचबाट काटेको छ । यहाँ पाइने उष्ण सदावहार जंगललाई Rain Forest भनिन्छ । अफ्रिका महादेशको सबैभन्दा होचो भाग लेक असाल (जिबुटी) हो ।
  • अफ्रिका महादेशको सबैभन्दा लामो पर्वत शृंखला एटलास पर्वत शृंखला हो ।

उत्तर अमेरिका (North America)


  • क्षेत्रफलको हिसाबले तेस्रो ठूलो महादेश ।
  • यो महादेशले विश्वको भूक्षेत्रफलको १६.९ प्रतिशत भाग ओगटेको छ ।
  • यो महादेशको पूर्वमा आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर, उत्तरमा सुमेरु महासागर दक्षिणमा पानामा नहर रहेको छ ।
  • क्रिस्टोफर कोलम्बसले यो महादेश पत्ता लगाएका थिए । सन् १४९२ मा
  • पश्चिम गोलार्द्धको महादेश र नयाँ संसार भनी चिनिने महादेश  ।
  • उत्तर अमेरिका महादेशको सबभन्दा ठूलो राष्ट्र क्यानडा हो भने सबभन्दा सानो राष्ट्र सेन्ट किट्स एण्ड नेभिस हो ।
  • उत्तर अमेरिकाको सबभन्दा अग्लो चुचुरो मेकिन्ले (६,१९४ मिटर) हो, सबभन्दा होचो भाग क्यालिफोर्नियाको डेथभ्याली हो । यी दुबै स्थान अमेरिकामा रहेको छ ।
  • विश्वकै सबभन्दा ताजा पानीको ताल सुपेरियर ताल, विश्वकै सबभन्दा ठूलो गुम्बज एस्ट्रोडम र विश्वकै सबभन्दा ठूलो नेसनल पार्क Northeast Greenland National Park उत्तर अमेरिकामा रहेको छ ।
  • त्यसैगरी विश्वमा सबैभन्दा लामो समुन्द्री किनारा भएको देश क्यानाडा उत्तर अमेरिकामा रहेको छ ।
  • उत्तर अमेरिकाका रहेका प्रमुख तालहरु - सुपेरियर ताल, मिचिगन ताल, ह्युरन ताल, इरी ताल, ओन्देरियो ताल आदि हुन् । यी तालहरु उत्तर अमेरिका महादेशका ५ वटा महान तालहरु (Great Lakes) हुन् ।
  • उत्तर अमेरिका महादेशका प्रमुख सहरहरु - न्युयोर्क, वासिङ्टन डी.सी., सिकागाे, सनफ्रान्सिस्को, मेक्सिको, ओटावा, मन्ट्रियल आदि हुन् ।
  • उत्तर अमेरिका महादेशको सबभन्दा लामो नदी मिसिसिपी-मिसौरी (६,२४० किलोमिटर) हो, सबभन्दा लामो हिमनदी हवार्ड हो । र, उत्तर अमेरिकाका प्रमुख नदिहरु - मिसिसिपी-मिसौरी, हड्सन, युकन, अरकन्सास, कोलोराडो, ओहिओ, कोलम्बिया आदि हुन् ।
  • उत्तर अमेरिकाको शीतोष्ण घाँसे मैदानलाई प्रेयरी भनिन्छ । उत्तर अमेरिका महादेशको सबैभन्दा सक्रिय ज्वालाभूखी स्थल माउन्ट सान्ता मारिया (ग्वाटेमाला) हो ।

दक्षिण अमेरिका (South America)


  • क्षेत्रफलको आधारमा विश्वको चौथो ठूलो महादेश ।
  • यो महादेशले विश्वको भूक्षेत्रको ११.९ प्रतिशत भाग ओगटेको छ ।
  • दक्षिण अमेरिका र उत्तर अमेरिकाला महादेशहरुलाई पानामा नहरले जोडेको छ भने दक्षिण अमेरिका र अन्टार्कटिका महादेशलाई डेक नहरले जोडेको छ ।
  • दक्षिण अमेरिका महादेशको पूर्व र उत्तरमा आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर र दक्षिणमा कुमेरु महासागर पर्दछ ।
  • विश्वकै सबैभन्दा ठूलो नदी 'अमेजन नदी', विश्वकै सबैभन्दा अग्लो झरना 'एन्जेल झरना' (भनेजुयला), विश्वकै सबैभन्दा दक्षिणमा पर्ने सहर 'पुन्टा एरिनास' (चिली), विश्वको सबभन्दा अग्लो स्थानमा रहेको राजधानी 'लापाज' (बोलिभिया), विश्वको सबैभन्दा लामो पर्वतमाला 'एन्डिज पर्वतमाला' र जलस्रोतमा विश्वको धनि देश 'ब्राजिल' दक्षिण अमेरिका महादेशमा रहेका छन् ।
  • दक्षिण अमेरिकाको सबैभन्दा लामो हिमनदी 'पेरिटो मोरिनो' हो, सबैभन्दा उचाइमा रहेको ताल 'टिटिकाका' (३,८१० मिटर), पेरु, सबैभन्दा उच्च भूभाग 'माउन्ट एकान्कागुआ' (६,९६२ मिटर), अर्जेन्टिना, सबैभन्दा होचो भूभाग 'Peninsula Valdes' (समुद्र सतहबाट ४० मिटर होचो), घाँसे मैदान 'पेम्पास' (अर्जेन्टिना), सबैभन्दा ठूलो ताल 'माराकाइवा', सबैभन्दा ठूलो मरुभूमि 'पाटोगोनियन मरुभूमि', सबैभन्दा गर्मी हुने ठाउँ अर्जेन्टिनाको 'रिकाडाभिया', सबैभन्दा चिसो हुने ठाउँ अर्जेन्टिनाको 'सर्मिएन्टो' हो ।
  • दक्षिण अमेरिकाका प्रमुख नदीहरु - अमेजन, ओरिन्को, पराना, पाराग्वे, उरुग्वे, रियोग्राण्डे हुन् ।
  • दक्षिण अमेरिकाका प्रमुख सहरहरु - ब्रासिलिया, रियो द जेनेरियो (ब्राजिल), ब्युनर्स आयर्स (अर्जेन्टिना), बोगोटा (कोलम्बिया), लापाज (बोलिभिया) आदि हुन् ।
  • दक्षिण अमेरिकाको सबैभन्दा ठूलो राष्ट्र ब्राजिल हो र सबैभन्दा सानो राष्ट्र ट्रिनिडाड एन्ड टोबागो हो ।
  • दक्षिण अमेरिकाका दुई भूपरिवेष्ठित राष्ट्रहरु बोलिभिया र पाराग्वे हुन् ।

अन्टार्कटिका (Antarctica)


  • विश्वको पाँचौं ठूलो महादेश ।
  • विश्व भूक्षेत्रको ८.९ प्रतिशत भाग ओगटेको छ ।
  • अन्टार्कटिका वर्षभरि नै  हिउँ जमिरहने महादेश हो र यसलाई 'हिम चादर' (Ice Sheet) उपनामले समेत चिनिन्छ । यो मानव बसोवास नभएको एकमात्र महादेश हो । किवि पंक्षि र ह्वेल माछाको लागि प्रसिद्ध महासागर ।
  • यसलाई चारैतिरबाट कुमेरु महासागरले घेरेको छ । अन्टार्कटिका महादेश भित्र २ वटा समुद्र प्रवेश गरेका छन् । ती समुद्र रोस (Ross) र वेडेल (Wedel) हुन् । 
  • अन्टार्कटिका महादेशको सबैभन्दा अग्लो भूभाग 'भिन्सन म्यासिफ' (Vinson Massif) (४८९२ मिटर) हो भने सबैभन्दा होचो भूभाग 'बेन्टले सब ग्लासियल ट्रेन्च' हो ।
  • विश्वकै सबभन्दा लामो हिमनदी ल्याम्बर्ट ग्लेसियर (४०० कि.मि. लामो र ४० कि.मि. चौडा) अन्टार्कटिका महादेशमा अवस्थित छ ।
  • सबैभन्दा पछि पत्ता लागेको यो महादेशको सबैभन्दा उच्च पर्वतमाला एल्सवर्थ पर्वत हो । अन्टार्कटिका महादेशको ९८ प्रतिशत हिउँले ढाकेको छ भने विश्वको करिव ९० प्रतिशत हिउँ अन्टार्कटिमा महादेशमा रहेको छ । यहाँ हिउँको मोटाइ २१०० मिटरसम्म रहेको छ ।

युरोप (Europe)


  • विश्वको छैठौं ठूलो महादेश, यसले विश्वको करिव ७ प्रतिशत भूभाग ओगटेको छ ।
  • युरोप महादेशको पूर्वमा एसिया महादेश, पश्चिममा आन्ध्र महासागर, उत्तरमा सुमेरु महासागर र दक्षिणमा भूमध्यसागर रहेको छ ।
  • युरोप र एसिया महादेश एक आपसमा जमिनले जोडिएको हुनाले यी दुई महादेशलाई संयुक्त रुपमा युरेसिया भनिन्छ ।
  • तीनतिरबाट पानी र एकतिरबाट जमिनले ढाकेको भूभागलाई प्रायद्वीप भनिन्छ । युरोप महादेश आफैं एक प्रायद्वीप भएको र यहाँ अन्य धेरै प्रायद्वीपहरु रहेको हुनाले यसलाई प्रयद्वीपहरुको पनि प्रायद्वीप भनिन्छ ।
  • युरोप महादेशको सबैभन्दा उच्च भूभाग माउन्ट एल्ब्रुज (५६३३, रुस) हो, सबैभन्दा होचो भूभाग क्यास्पियन समुद्री तट हो, सबै भन्दा ठूलो राष्ट्र रुस हो भने सबैभन्दा सानो राष्ट्र भ्याटिकन सिटी (विश्वकै सबभन्दा सानो राष्ट्र) हो, त्यस्तै, युरोप महादेशको सबैभन्दा लामो नदी भोल्गा हो भने सबैभन्दा लामो हिमनदी भट्नाजोकुल हो ।
  • युरोप महादेशको प्रमुख नदीहरु - भोल्गा, डेन्युव, युराल, डन आदि हुन् ।
  • युरोप महादेशको सबैभन्दा लामो पर्वत शृंखला आल्पस पर्वत हो र सबैभन्दा ठूलो ताल लाडोगा (रुस) हो ।
  • युरोप महादेशको सबैभन्दा गर्मी हुने देश स्पेन हो भने सबै भन्दा चिसो हुने देश रुस हो ।
  • युरोप महादेशका राष्ट्रहरु - फ्रान्स, इटाली, स्पेन र ग्रिसलाई Garden of World भनी चिनिन्छ ।
  • स्क्यान्डेनेभियन क्षेत्र युरोप महादेशमा पर्दछ र यस क्षेत्रका ५ राष्ट्रहरु नर्वे, फिनल्यान्ड, डेनमार्क, स्वीडेन र आइसल्याण्ड हुन् ।
  • Buffer Zone of Europe भनेर बेल्जियमलाई चिनिन्छ भने 'रोटीको बास्केट' भनेर चिनिने युरोपेली राष्ट्र युक्रेन हो । 
  • युरोप महादेशमा भूपरिवेष्ठित राष्ट्रको संख्या १८ वटा (विश्वमा सबैभन्दा बढी) रहेको छ ।

अस्ट्रेलिया (Australia)


  • विश्वको सबैभन्दा सानो महादेश । यसले विश्वको भूभागको करिव ५.३ प्रतिशत भाग ओगटेको छ ।
  • अस्ट्रेलिया महादेशलाई टापु महादेश, कंगारुको महादेश र विचित्रताको महादेश भनेर चिनिन्छ ।
  • यहाँ पाइने घाँसे मैदानलाई डाउन्स (Downs) भनिन्छ ।
  • अस्ट्रेलियाको सबैभन्दा ठूलो नदी 'मरे डार्लिङ' (३७५० कि.मि.) हो भने सबैभन्दा लामो हिमनदी 'हर्ड आइसल्याण्ड' हो ।
  • अस्ट्रेलिया महादेशका प्रमुख नदीहरु - मरे डार्लिङ, फिटजराय, भिक्टोरिया, व्रिसवेन, गोरकोयन, कुपरक्रिक, मुर्चिसन आदि हुन् । अस्ट्रेलिया महादेशमा प्रशस्त मात्रामा पाताल कुवाहरु पाइन्छन् ।
  • अस्ट्रेलिया महादेशको सबभन्दा अग्लो भूभाग जाया पन्कक (पपुवा न्युगिनी) र सबभन्दा होचो भूभाग आइरा ताल हो ।
  • अस्ट्रेलिया महादेशको सबैभन्दा लामो पर्वत शृंखला 'ग्रेड डिभाइडिङ रेन्ज' हो । यहाँको सबभन्दा ठूलो मरुमूभि 'ग्रेड भिक्टोरिया' हो ।
  • अस्ट्रेलिया महादेशलाई राजनैतिक रुपमा एउटै देश मानिए तापनि यहाँ राष्ट्रहरुको संख्या वटा रहेका छन् ।
  • दक्षिणको ब्रिटेन भनेर न्यूजिल्यान्डलाई चिनिन्छ ।
  • अस्ट्रेलिया महादेशको सबभन्दा ठूलो निनिलो पानीको ताल आइरा ताल हो ।
  • अस्ट्रेलिया महादेश सबैभन्दा लामो मुगा पर्वत शृंखला ग्रेट व्यारियर रिफ हो ।
  • कंगारु अस्ट्रेलिया महादेशमा मात्र पाइन्छ ।
  • अस्ट्रेलिया महादेशको सबैभन्दा ठूलो देश अस्ट्रेलिया हो भने सबैभन्दा सानो देश नाउरु हो ।



Previous Post
Next Post

post written by:

Hi, I am Kapil Lamsal. I am from Kathmandu, Nepal

2 comments:

  1. लोकसेवा तयारीको लागि सहयोगी हुने छ । धन्यवाद सर ।

    ReplyDelete